१४ असार २०८३, आईतवार
Follow Us

प्रधानमन्त्री कार्कीलाई ‘आमा’ भन्दै बालेनको सम्बोधन, लेखे-‘लोकतन्त्रले जितेको छ’

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार १५:१०

काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा देशमा लोकतन्त्रले जितेको बताएका छन् । बिहीबार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका हुन् ।

उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ । आमा’

जेन जेड आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा देशभर मतदान सकिएको छ । छिटपुट विवादबाहेक देशभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगका पदाधिकारीहरूले बताएका छन् ।

धेरै पढिएको