काठमाडौं । मुलुकभर बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक अग्रता लिएको छ । पछिल्लो प्राप्त परिणाम अनुसार रास्वपाले देशभरका ४१ निर्वाचन क्षेत्रमा आफ्नो बलियो अग्रता कायम गरेको छ । जसमध्ये काठमाडौं र ललितपुरका ३ वटा मुख्य क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले गणना नसकिँदै जित दर्ता गरिसकेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने (दर्शना) ले आफ्ना प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयको झण्डा गाडेकी छन् । त्यस्तै , काठमाडौं-८ मा विराजभक्त श्रेष्ठ र ललितपुर-३ मा डा. तोसिमा कार्कीले सानदार जित हासिल गरेका छन् । काठमाडौंका बाँकी ७ वटै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवारहरूले फराकिलो अग्रता लिइरहेका छन् ।
रास्वपाका सभापति रवि लामिछानेले चितवन-२ मा आफ्नो अग्रतालाई सुरक्षित राखेका छन् भने झापा-५ मा बालेन्द्र शाह (बालेन) र झापा-२ मा इन्दिरा राना मगरले पुराना दलका दिग्गज उम्मेदवारहरूलाई निकै पछाडि पारेका छन् । तनहुँ-१ मा डा. स्वर्णिम वाग्लेको अग्रताले पनि विपक्षी दलहरूमा खैलाबैला मच्चाएको छ ।
सहरी क्षेत्र मात्र नभई यसपटक रास्वपाले तराई र सुदूरपश्चिममा पनि आफ्नो प्रभाव जमाएको छ । मोरङका ४ वटा क्षेत्र , रूपन्देहीका ३ वटा क्षेत्र र कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा घण्टी चिह्न भएका उम्मेदवारहरूले सुरुवाती अग्रता लिएका छन् । बाँके , दाङ , रौतहट र बारा जस्ता जिल्लाहरूमा पनि रास्वपाको उपस्थिति निकै शक्तिशाली देखिएको छ ।
विजयी उम्मेदवारहरू :
१. काठमाडौं–१ : रञ्जु न्यौपाने (विजयी)
२. काठमाडौं–८ : विराजभक्त श्रेष्ठ (विजयी)
३. ललितपुर–३ : तोसिमा कार्की (विजयी)
अग्रता लिइरहेका उम्मेदवारहरू :
काठमाडौं उपत्यका :
काठमाडौं–२ : सुनिल केसी
काठमाडौं–३ : राजुनाथ पाण्डे
काठमाडौं–४ : पुकार बम
काठमाडौं–५ : सस्मित पोखरेल
काठमाडौं–६ : शिशिर खनाल
काठमाडौं–७ : गणेश पराजुली
काठमाडौं–९ : डीपी अर्याल
काठमाडौं–१० : प्रदीप विष्ट
भक्तपुर–१ : रुकेश रञ्जित
भक्तपुर–२ : राजीव खत्री
ललितपुर–२ : जगदीश खरेल
पूर्वी र मध्य तराई :
झापा–५ : बालेन्द्र शाह (बालेन)
झापा–२ : इन्दिरा राना मगर
मोरङ–१ : यज्ञमणि न्यौपाने
मोरङ–३ : गणेश कार्की
मोरङ–४ : सन्तोष राजवंशी
मोरङ–५ : आशा झा
महोत्तरी–१ : प्रमोदकुमार महतो
रौतहट–४ : गणेश पौडेल
बारा–१ : गणेश धिमाल
गण्डकी र लुम्बिनी :
चितवन–२ : रवि लामिछाने
चितवन–३ : सोविता गौतम
तनहुँ–१ : स्वर्णिम वाग्ले
कास्की–१ : खड्कराज पौडेल
कास्की–२ : उत्तमप्रसाद पौडेल
कास्की–३ : बिना गुरुङ
स्याङ्जा–१ : धनञ्जय रेग्मी
रूपन्देही–२ : सुलभ खरेल
रूपन्देही–३ : डा. लेखजंग थापा
रूपन्देही–५ : तौफिक अहमद खान
पाल्पा–१ : विमल पन्त
पश्चिम र सुदूरपश्चिम :
बाँके–१ : सुरेशकुमार चौधरी
बाँके–३ : खगेन्द्र सुनार
दाङ–१ : देवराज पाठक
बर्दिया–२ : श्रीधर पोख्रेल
कञ्चनपुर–१ : जनक सिंह धामी
कञ्चनपुर–२ : दिपकराज बोहरा
कञ्चनपुर–३ : ज्ञानेन्द्र सिंह महता
धादिङ–१ : आसिका तामाङ