मुख्य समाचार

ओलीलाई समवेदना दिन पुगे रेनु र गंगा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल भक्तपुरस्थित गुन्डु पुगेका छन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई श्रद्धाञ्जली र केपी ओलीलाई समवेदना दिन सोमबार गुन्डु पुगेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीज्यूका बुवा मोहनप्रसाद ओलीज्यू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता