१२ चैत्र २०८२, बिहीबार
Follow Us

अबका दिन चुनौतीपूर्ण हुनेछन्: शंकर पोखरेल

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८२, बिहीबार ०५:३८

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनप्रति निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएका छन् । महासचिव पोखरेलले आयोगको प्रतिवेदनले नै आयोग र आम निर्वाचन २०८२ दुवैलाई ‘अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास’का रूपमा व्याख्या गरेका छन् ।

आयोग निष्पक्ष छानबिनका लागि नभई निश्चित धारणा स्थापित गर्न बनेको पुष्टि भएको उनले फेसबुकमार्फत बताएका छन् । भदौ २३ र २४ का घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन मिडियाबाट सार्वजनिक भएपछि एमालेको तर्फबाट पहिलो प्रतिक्रिया आएको हो ।

उनका अनुसार यही पृष्ठभूमिमा निर्वाचन परिणाम र आयोगको प्रतिवेदन आएको हो, जसले नेपाली राजनीतिलाई नयाँ मोडतर्फ धकेलेको छ । उनले अबका दिन केही कठिन र चुनौतीपूर्ण हुने समेत बताएका छन् ।

उनले थप लेखेका छन्, ‘निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर छ। अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ । अबको बाटो सजिलो नहुन सक्छ-राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिन्छ।’

यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई काम गर्ने अवसर दिनुपर्ने उनको धारणा छ ।

धेरै पढिएको