१२ चैत्र २०८२, बिहीबार
Follow Us

बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८२, बिहीबार ०५:४०

गलकोट (बागलुङ) । विकास पूर्वाधारका दृष्टिले पछि परेको सिगाना गाउँ पक्की सडकले जोडिएपछि त्यहाँका बासिन्दा दंग परेका छन् ।

आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन सहज भएकाले उनीहरू खुशी भएका हुन् । सिगाना सुन्तला उत्पादनका निम्ति प्रख्यात छ ।

‘ट्रयाक’ खुलेको २८ वर्षपछि बागलुङ–सिगाना १० किलोमिटर सडक रु २९ करोडको लागतमा कालोपत्र गरिएको सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ कार्यक्रमअन्तर्गत यो सडक स्तरोन्नतिसँगै कालोपत्र गरिएको हो ।

धेरै पढिएको