१३ चैत्र २०८२, शुक्रबार
Follow Us

सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित फेला

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८२, शुक्रबार १२:१२

काठमाडौँ । सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित अवस्थामा फेला परेको छ । शुक्रबार मध्याह्नदेखि सम्पर्कविहीन रहेको उक्त हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रमा सुरक्षित अवतरण गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पनि हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार क्याप्टेन सुरज थापाको कमाण्डमा रहेको नाइन एन-एएनओ हेलिकप्टर लाप्चामा सुरक्षित अवतरण गरिएको हो ।

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्दछ । प्रबन्ध निर्देशक लामिछानेका अनुसार उक्त हेलिकप्टर भोलि मात्र काठमाडौँ फर्काइनेछ ।

उक्त हेलिकप्टरमा चालक दलका सदस्यसहित पाँच जना सवार थिए । क्याप्टेन थापाले उडाएको हेलिकप्टरमा प्रसन्न देवकोटा, प्रकाश रेग्मी, हरिप्रसाद अधिकारी, मुक्तिबोध न्यौपाने र विशाल उप्रेती सवार रहेका थिए ।

धेरै पढिएको