१४ चैत्र २०८२, शनिबार
Follow Us

स्वास्थ्य परिक्षणका लागि ओलीलाई लगियो टिचिङ अस्पताल

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०८२, शनिबार ०३:२४

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका त्रिवि शिक्षण अस्पताल (टिचिङ) लगिएको छ । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको हो ।

ओलीलाई शनिवार बिहान सूर्य विनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा १९ जनाको ज्यान जाने घटनामा संलग्न भएको आरोपको अनुसन्धानका लागि भन्दै सरकारले पक्राउ गरेको हो ।

धेरै पढिएको