२१ चैत्र २०८२, शनिबार
Follow Us

रातभर ‘अपरेसन सेफ्टी’: गुण्डागर्दीमा संलग्न किमजोङसहित १८ जना पक्राउ (नामावलीसहित)

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०८२, शनिबार ०४:२५

काठमाडौँ । काठमाडौँ प्रहरीले गए राति ‘अपरेसन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार प्रहरीले गए राति ‘अपरेसन सेफ्टी काठमाडौँ’ चलाएर बौद्धमा श्याम लामा समूहमा रहेर गुण्डागर्दी गर्दै आएका ‘डिम्पल’ भनिने प्रवीण तामाङलाई पक्राउ गरेको हो ।

यस्तै काठमाडौँको कलङ्की–बाफल क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा बिर्जु महर्जन, कलङ्कीकै बस टिकट काउन्टर–पेट्रोलपम्प क्षेत्रमा गुण्डागर्दी गर्ने सुजन कार्की, स्युचाटार क्षेत्रमा गुण्डागर्दीमा संलग्न सरू हुमागाईँलाई र बौद्ध क्षेत्रमा लुटपाट तथा गुण्डागर्दीमा संलग्न बिकी लामालाई पक्राउ गरिएको भट्टराईले बताए ।

यसैबीच राति नै त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख हैरानी दिने, आफूले चिनेको होटेलमा लैजाने र यात्रु र होटेलबाट कमिसन खाने १८ जनालाई पनि पक्राउ गरिएको प्रवक्ता भट्टराईले बताए । ती १० जना यात्रुहरूसँग कमिसन लिने तथा यात्रुहरूलाई दुर्व्यवहारमा संलग्न रहेको पाइएको प्रवक्ता भट्टराईले बताए ।

पक्राउ गरेका १३ जनाको नामावली
सजिंव लामा, काभ्रे नमोबुद्ध–१
अशोक गिरी, सिन्धुपाल्चोक मेलम्ची–७
वकिल वम, कालिकोट, पलाता
सुरेश गुरुङ भन्ने किमजोङ, खोटाङ, एंसेलुखर्क–१
संजिव राई, खोटाङ, एंसेलुखर्क–२
राज कमुमार तामाङ, काभ्रे, पाँचखाल–४
बिनोद ठकुरी, काभ्रे, मण्डनदेउपुर–१०
शेर्पा लामा, काभ्रे, चुरिदेउराजी–७
राहुल राई, खोटाङ, कपिलासगढी
समेश तामाङ, नुवाकोट, दुप्चेश्वर–४
सुन बहादुर तामाङ, नुवाकोट, शिवपुरी–५
वीर बहादुर लामा, काभ्रे, मण्डनदेउपुर–१०
महेश महत, ललितपुर, महाङ्काल
काठमाडौं प्रहरी परिसरले पक्राउ गरेका ५ जना–
प्रविण तामाङ (डिम्पल) (श्याम लामा समूहमा सक्रिय रही बौद्द एरियामा गुण्डागर्दी गर्दै आइरहेको)
बिर्जु महर्जन (कलंकी– बाफल एरियामा गुण्डागर्दीमा संलग्न)
सुजन कार्की (कलंकी बस टिकट काउन्टर र पेट्रोल पम्प आसपास क्षेत्रमा गुण्डागर्दिमा सक्रिय)
सरु हुमागाईं (स्यूचाटार एरियामा गुण्डागर्दिमा सक्रिय, पछिल्लो समय ग्याङ निर्माणमा लागेको)
विकि लामा (बौद्ध एरियामा लुटपाट तथा गुण्डागर्दिमा संलग्न)

धेरै पढिएको