२२ चैत्र २०८२, आईतवार
Follow Us

एउटा पीडितको मन अर्को पीडितले जति कसैले बुझ्दैन : समीक्षा अधिकारी

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८२, आईतवार ०५:३९

काठमाडौं । गायिका समीक्षा अधिकारीले कलाकार सागर लम्साल(बले) बलात्कारको आरोपमा पक्राउ परेपछि आफ्नो बह पोखेकी छन् । उनले एउटा पीडितको मन अर्को पीडितले जति कसैले पनि बुझ्न नसक्ने भन्दै आरोप लगाउने युवतिको पक्षमा आफू सधैँ उभिने बताएकी हुन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले आफू त्यो घटनाबाट धेरै टाढा र अगाडि बढिसकेको तर ती दिनहरू सम्झिँदा आज पनि मन भित्रैदेखि चिरिने बताएकी छन् ।

‘यो समाजले मलाई बाँच्न कहाँ दिएको थियो र म दिनदिनै मरिमरी बाँच्थेँ । त्यो अँध्यारो जँघार कसरी काटेँ, आज सम्झिँदा पनि शरीर सिरिङ्ग हुन्छ। सायद त्यही बेला मैले हिम्मत हारेको भए, आज म यो संसारमै हुने थिइनँ होला । तर म रोकिइनँ‘ म लडिरहेँ’ उनले लेखेकी छन्, ‘आज पनि हरेक पीडित छोरी मान्छेलाई जब यो समाजले भन्छ-‘किन ढिलो बोलिस् ? त्यति बेलै किन उजुरी गरिनस् ? त्यो सुन्दा मन भित्रैदेखि दुख्छ । तपाईँहरूलाई के थाहा, त्यति बेला कस्तो अवस्था थियो ? छोरी मान्छे भएपछि डरले र समाजको दबाबले कति कुरा मनमै दबाउनुपर्छ । “मलाई नै गलत भन्ला कि ?” भन्ने डरले आत्मा नै थिचिन्छ। मन मिल्दा ‘चमत्कार’ र नमिल्दा ‘बलात्कार’ भन्ने सोचले झन् पीडा दिन्छ ।’

धेरै पढिएको