काठमाडौं । काठमाडौंको गौशालामा मध्यराति गोली चलेको छ । प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीयलाई पक्राउ गरेको हो । भारतीयहरुको साथबाट लागुऔषध कारोबारमा प्रयोग गरिएको गाडीसमेत नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
रुपन्देहीमा प्रहरीले गोली चलायो
प्रहरीले रूपन्देहीमा लागुऔषध कारोबारीमाथि गोली चलाएको छ । रोहिणी गाउँपालिका–४ स्थित कोटहवामा प्रहरीले गएराति गोली चलाएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण चन्दका अनुसार दुई भारतीय र एक नेपाली पक्राउ परेका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्ज, पर्सामालिक ग्राम बिसुनपुरवाका १८ वर्षीय अरूण कुमार र २० वर्षीय विनय पाण्डेय तथा रुपन्देहीको रोहिणी–२ खुरूहुरियाका विशाल यादव छन् । यादवको घुँडामा गोली लागेको छ । उनको प्रहरी निगरानीमा उपहार जारी छ ।
प्रहरीले उनीहरुको साथबाट ३ हजार ३ सय वटा लागुऔषध एम्पुल बरामद गरेको छ । घटनास्थलबाट युपी- ५६- एफ ९९०१ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरेको छ ।