३ जेष्ठ २०८३, आईतवार
Follow Us

७२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०८२, बुधबार ०६:१८

काठमाडौँ । नेपाली बजार आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा सात हजार दुई सय रुपैयाँले बढेर दुई लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी चार हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको