१ बैशाख २०८३, मंगलवार
Follow Us

उपसभामुख चयनका लागि चैत २७ मा निर्वाचन हुने

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०८२, बुधबार ११:४१

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पद रिक्त रहेको सन्दर्भमा आगामी चैत २७ गते निर्वाचन गर्ने तयारी गरिएको छ।

सभामुख डोलप्रसाद अर्यालले उक्त निर्वाचन प्रक्रियालाई अघि बढाउन आवश्यक कार्यतालिका तत्काल सार्वजनिक गर्न निर्देशन दिएका छन्।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुख दुवै पदको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ। यसअघि चैत २२ गते सभामुख पदमा निर्वाचन सम्पन्न भइसकेको छ।

धेरै पढिएको