३ जेष्ठ २०८३, आईतवार
Follow Us

अध्यक्ष ओली र नेता लेखक रिहा

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०८२, बिहीबार ०६:०४

काठमाडौं । प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा भएका छन् । काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख रमेश थापाले अध्यक्ष ओली र नेता लेखकलाई हाजिर जमानीमा थुनामुक्त गरिएको बताए ।

उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई अनुसन्धानका बखत खोजेमा हाजिरी हुने सर्तमा जिम्मा जमानी राखी परिवारको जिम्मा लगाइएको छ । जेनजेड आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए ।

पूर्व गृहमन्त्री रमेश लेखक १३ दिनपछि रिहा
पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक रिहा भएका छन् । उनलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट पत्नी यशोदा लेखकको जिम्मा लगाइएको हो । मन्त्रिपरिषद्ले भदौ २३ र २४ गतेको घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि लेखकलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।

धेरै पढिएको