२९ चैत्र २०८२, आईतवार
Follow Us

बर्न्टओक नेपाली समाजले स्वागत गर्यो नयाँ वर्ष २०८३ लाई

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०८२, आईतवार २०:०७

लन्डन – बर्न्टओक नेपाली समाजले एक रमाइलो कार्यक्रम आयोजना गरी नयाँ वर्ष वि सं २०८३ लाई स्वागत गरेको छ।

बर्न्टओकस्थित साझा घरमा शनिबार बेलुका योजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष खमिरजंग गुरुङले सबैलाई स्वागत गरे। उनले नयाँ वर्ष समाजका सदस्यहरु लगायत सम्पूर्ण नेपाली समुदायका लागि शुभ होस् भन्ने शुभकामना पनि व्यक्त गरे।

संगीत निर्देशक केयर जंग गुरुङको संयोजनमा गाउँलेहरु ब्यान्ड, अनमोल र आध्या (युगल प्रस्तुति), आवर (पियानोमा), क्याथी र काव्या, ओजल, शेष, प्रसन्न, मोनी, रूपक लगायतका कलाकारले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, मोनी र तपस्या, परमिता तथा आध्या, नाओमी र आयेशा सहितको समूहले नृत्य प्रस्तुत गरेका थिए। समाजका अध्यक्ष खमिरजंग गुरुङले स्वागत तथा अन्य गीतहरु सुनाएका थिए।

समाजका उपाध्यक्ष मुरारी थापाले कार्यक्रम सफल पार्न खट्ने समाजका पदाधिकारीहरु, स्वयम्सेवी, कलाकार तथा सबै सहभागीहरुलाई धन्यवाद दिए।

कार्यक्रमको सञ्चालन सुधीर गौतमले गरेका थिए भने रुपक पन्तले लोकप्रिय गीतहरु गाउँदै सहभागीहरुलाई नचाएका थिए। सांस्कृतिक कार्यक्रमपछि रात्रि भोजका साथै राफल ड्र गरिएको थियो।

सन् २००४ मा स्थापित समाजले दशैं, तिहार, तीज, लोसार, नयाँ वर्ष लगायतका अवसरमा कार्यक्रमहरु आयोजना गर्नुका साथै आफ्ना सदस्यहरुको वृत्तिविकास, स्वास्थ्य र सुरक्षाको बारेमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

धेरै पढिएको