७ बैशाख २०८३, सोमबार
Follow Us

‘पहाड’ र ‘राम नाम सत्य’ फिल्मले कति कमायो ?

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०८३, सोमबार ११:३०

काठमाडौँ । विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ । चलचित्र विकास बोर्डले पछिल्लो शनिवारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको हो ।

सोही अवधिमा उक्त फिल्मले ९७ हजार २०५ वटा टिकट बिक्री गरेको बोर्डले जानकारी दिएको छ । त्यस्तै तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को कमाइ निकै कमजोर देखिएको छ । शनिवारसम्म यो फिल्मले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म ‘पहाड’को १४ हजार ३१८ वटा टिकट बिक्री भएका छन् ।

धेरै पढिएको