७ बैशाख २०८३, सोमबार
Follow Us

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

नेपालब्रिटेन संवाददाता
७ बैशाख २०८३, सोमबार ११:३१

काठमाडौँ। कालिन्चोक हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले एक औपचारिक कार्यक्रम आयोजना गरी सेयर बाँडफाँट गरेको हो । जसअनुसार कम्पनीको सेयर ६८ हजार ४७५ जनाले १० कित्ताका दरले पाएका छन् ।

गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

कुल २७ लाख ८४ हजार ५१९ जनाले सेयरमा आवेदन दिएका थिए । जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

धेरै पढिएको