१० बैशाख २०८३, बिहीबार
Follow Us

महान्यायाधिवक्ता डा. कँडेलविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

नेपालब्रिटेन संवाददाता
१० बैशाख २०८३, बिहीबार ०३:३९

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. नारायण दत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै दायर भएका तीन रिटमा आज सुनुवाइ हुने भएको छ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार महान्यायाधिवक्ता कँडेलको नियुक्तिविरुद्ध तीन रिट निवेदन दर्ता भएका र उक्त विषयमा सुनुवाइ हुने जानकारी दिए ।

महान्यायाधिवक्ता कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू माधव बस्नेत, दिपकराज जोशीलगायतले रिट निवेदन दायर गरेका हुन् ।

रिट निवेदनमा महान्यायाधिवक्ताजस्तो पदमा अयोग्य व्यक्ति नियुक्त गरेको उल्लेख गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले गत चैत २२ गते डा. कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेका थिए ।

धेरै पढिएको