२२ बैशाख २०८३, मंगलवार
Follow Us

सभापति थापाले पूर्णबहादुर खड्का र डा. कोइरालालाई भेट्दै

नेपालब्रिटेन संवाददाता
२२ बैशाख २०८३, मंगलवार ०५:२७

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग आज भेट्दै छन् ।

काँग्रेस अन्तरिम विवादमा फसेको बेला नेता कोइरालासँग अहिले बिहान र निवर्तमान कार्यवाहक सभापति खड्कासँग बेलुकी भेट हुने सभापतिका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिए ।

कोइरालासँग बिहान १० बजे र खड्कासँग बेलुका ५ बजे भेटघाट हुने सम्भावना रहेको बताइएको छ । तर भेटको समय र स्थान भने औपचारिक रूपमा खुलाइएको छैन ।

कांग्रेस संसद् समन्वय बोर्डको बैठक बस्दै
संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले काँग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको पहिलो बैठक बस्न लागेको हो ।

बैठक दिउँसो ३:०० बजे बस्नेछ । बैठक काँग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले बताए । कांग्रेसले उक्त बैठकमा उपस्थित हुन बोर्डका सदस्यहरूलाई निर्देशन दिएको छ ।

धेरै पढिएको