लण्डन । बिहीबार सम्पन्न बेलायतको स्थानीय निर्वाचनमा थप दुई जना नेपाली मूलका उम्मेदवार काउन्सिलर पदमा विजयी भएका छन्।
पछिल्लो परिणामअनुसार ज्ञानप्रसाद गुरुङ स्वीन्डनको पार्क साउथ क्षेत्रबाट कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलरमा निर्वाचित भएका छन्। सामाजिक कार्यमा सक्रिय गुरुङ कास्की जिल्ला, अन्नपूर्ण गाउँपालिका–११, घान्द्रुकका स्थायी बासिन्दा हुन् र हाल स्वीन्डनमा बसोबास गर्दै आएका छन्।
यसैगरी कमल बहादुर गुरुङ पनि लन्डन बरो अफ बार्नेट अन्तर्गत बर्न्ट ओक क्षेत्रबाट काउन्सिलरमा विजयी भएका छन्।
यसपटकको स्थानीय निर्वाचनसँगै बेलायतमा पहिलो पटक ८ जना नेपाली मूलका काउन्सिलरहरू निर्वाचित भएका छन्, जुन नेपाली समुदायका लागि ऐतिहासिक उपलब्धि मानिएको छ।