१२ जेष्ठ २०८३, मंगलवार
Follow Us

स्वतन्त्र नागरिक अभियानले २८ सदस्यीय केन्द्रीय समिति गठन गर्‍यो, ऋषि धमला अध्यक्ष

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०८३, मंगलवार १२:१९

काठमाडौँ । स्वतन्त्र नागरिक अभियानले २८ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ। मंगलबार बसेको बैठकले संगठन विस्तारलाई अघि बढाउँदै आगामी दिनमा थप सदस्य समावेश गरी ५१ सदस्यीय समिति बनाउने निर्णय पनि गरेको छ।

समितिको अध्यक्षमा ऋषि धमला चयन भएका छन्।उपाध्यक्षमा सुनिल कुमार कर्ण सचिवमा हेमराज अधिकारी कश्यपको जिम्मेवारीसहित सचिव पदमा ममता शर्मा कोषाध्यक्षमा मुना गौतम चयन गरिएको छ।

केन्द्रीय सदस्यहरूमा सन्तोष देउजा, प्रदीप तिम्सिना, सुष्मा अधिकारी, देव सिंह विष्ट, खडानन्द पौडेल, महेश शाह, सालिकराम पाठक, गौरव पौडेल, कृष्णकुमार श्रेष्ठ, माधवसुन्दर खड्का, तवरेज आलम, राजन सुनार, उदय केसी, माझित अन्सारी, बादल राई, सुलोचना न्यौपाने, रोशनी बादी, नवराज गजुरेल, किशोर नेपाली, मुस्कान खातुन, राजकुमार लामा, वसन्त शर्मा र होम थापा रहेका छन्।

संगठन विस्तार अन्तर्गत विभिन्न प्रदेशका जिम्मेवारी पनि तोकिएको छ। ममता शर्मालाई मधेस प्रदेश, मुना गौतमलाई उपत्यका विशेष क्षेत्र र देव सिंह विष्टलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज बनाइएको छ।

अभियानले बाँकी प्रदेशका इन्चार्जहरू आगामी बैठकबाट तय गरिने जनाएको छ।

धेरै पढिएको