१२ जेष्ठ २०८३, मंगलवार
Follow Us

जीव बेल्वासे बेलायतमा उपमेयर नियुक्त

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०८३, मंगलवार २१:४६

लण्डन । बेलायतमा एक जना गैरआवासीय नेपाली उपमेयरमा चयन भएका छन्। गैरआवासीय नेपाली संघ यूकेका पूर्व प्रवक्ता जीव बेल्वासे रशमोर बरोको उपमेयरमा नियुक्त भएका हुन्। उनी मे महिनाको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा उक्त क्षेत्रबाट काउन्सिलर पदमा निर्वाचित भएका थिए।

जीव बेल्वासेलाई नेपालब्रिटेन डट कमद्वारा ‘चर्चित १० व्यक्ति’ सूचीमा समावेश गर्दै ‘मिडिया पर्सनालिटी अफ द इयर’ अवार्ड प्रदान गरिएको थियो। साथै, उनलाई यस वर्ष बीबीसी ससेक्स र सर्रेले ‘बीबीसी कम्युनिटी हिरो अवार्ड’ बाट पनि सम्मानित गरेको छ। बीबीसीले हरेक वर्ष सामाजिक कार्यमा सक्रिय व्यक्तिमध्ये एक जनालाई यो सम्मान प्रदान गर्दै आएको छ। स्थानीय काउन्सिलको सिफारिसका आधारमा समाजप्रति पुर्‍याएको योगदानको मूल्यांकन गरेर उक्त अवार्ड दिइने गरिन्छ।

अर्घाखाँचीको खिल्जीमा जन्मिएका बेल्वासे ग्रेटर रशमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्षसमेत हुन्।

धेरै पढिएको