१४ जेष्ठ २०८३, बिहीबार
Follow Us

कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८३, बिहीबार ०६:२०

काठमाडौं । नेपाली कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त भएको छ। निर्वाचन आयोगले बिहीबार सूचना जारी गरी गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ को वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ।

मुसिकोट-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट-३ का वडाध्यक्ष पदमबहादुर विष्टको पद रिक्त भएको हो । राजनीतिक दल सम्बन्धी ऐन र नियमावली अनुसार दल त्याग गरेको ब्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

धेरै पढिएको