१५ जेष्ठ २०८३, शुक्रबार
Follow Us

गुण्डागर्दीमा संलग्न सानुभाइले पोखराको क्लबमा युवामाथि गरे आक्रमण

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार ०९:५३

काठमाडौं । गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङले पोखराको रात्री क्लबमा युवामाथि आक्रमण गरेका छन । घटना आइतबार रातिको भएको बताइएको छ ।

पोखराको लेकसाइडमा रहेको क्लब १६ मा सानुभाइ र उनको समूहले अर्को समूहका युवामाथि आक्रमण गरेका हुन् । सामान्य विवादमै सानुभाइ समूहले अर्को समूहमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ ।

पीडित युवाले पोखरा प्रहरीमा उजुरी समेत दिएका छन । आक्रमणपछि त्यहाँबाट निस्केको सानुभाइको समूह अहिलेसम्म फरार छ । काठमाडौंबाट पोखरा घुम्न पुगेको उनको समूहले आक्रमण गरी फरार भएपछि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सानुभाइलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पनि खटिएको छ । सानुभाइ पटक पटक पक्राउ पर्दै आएका गुण्डा नाइके हुन् । उनलाई पछिल्लो पटक जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत २२ चैतमा सामाखुसी क्षेत्रबाट पक्राउ गरेको थियो ।

धेरै पढिएको