काठमाडौँ । झापाको दमकमा बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दमक नगरपालिका–१० स्थित सेतुमारी पुलमुनि एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बोरामा बाँधेर रतुवा खोलामा फालिएको अवस्थामा आज बिहान ११ बजे शव फेला परेको प्रहरीले जनाएको छ । महिलाको कपाल र हात बाहिर निक्लेको र शरीर बोराभित्र रहेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार शव गन्हाएको अवस्था भेटिएको थियो । अन्दाजी ३०–३२ वर्षकी जस्तो देखिने महिलाको पहिचान खुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।