स्याङ्जा । कालीगण्डकी गाउँपालिका –४ बनकसी रुद्रबेणी सडक खण्डमा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
मलामी गएर फर्कने क्रममा लुप्र ००१ त ०५७६ को टयाक्टर अनियन्त्रित भई सडकको नालामा पल्टिदा स्थानीय २१ बर्षीय अंकित राना, ४० बर्षीय माोहन घर्ती र ६२ बर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।
गम्भीर घाइते तीनै जनालाई मिसन अस्पताल पाल्पा लगिएको प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । दुर्घटनामा स्थानीय आयुष दर्लामी, मनोज थापा, यम बहादुर बिक, शेखर थापा, मन घर्ती, दिपक राना र खेमबहादुर घर्तीको ढाड खुट्टा, हातमा चोट लागेको र कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
सवारी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान अगाडि बढाइएको अवस्थीले बताए ।