२६ असार २०८३, शुक्रबार
Follow Us

एनआरएनए थाइल्याण्डको विवाद मिल्यो, श्रेष्ठ बने अध्यक्ष

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०८३, आईतवार १३:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) थाइल्याण्डको लामो समयदेखि जारी विवाद अन्त्य भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माका अनुसार आइतबार महेन्द्र श्रेष्ठ र संजय ढकालबीच सहमति भएपछि एकताको ढोका खुलेको हो।

शर्माका अनुसार संस्थाको हितका लागि संजय ढकालले आफ्नो दाबी त्याग गर्दै महेन्द्र श्रेष्ठलाई मार्गप्रशस्त गरेका हुन्।

डा. शर्माले एकताको पहल गर्ने तथा संस्थाका लागि योगदान पुर्‍याउने सबैको उचित कदर हुने विश्वास व्यक्त गरे।

एकता कायम गराउन थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली, क्षेत्रीय उपसंयोजक भविन्द्र बस्नेत, पीएनओ समिति संयोजक कुमार कार्की लगायतले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेका थिए।

गैरआवासीय नेपाली संघभित्र रहेका अधिकांश राष्ट्रिय समितिहरूमा यसअघि नै एकता कायम भइसकेको छ।

धेरै पढिएको