११ असार २०८३, बिहीबार
Follow Us

इन्टरनेटसहित यी २५ वटा सेवा क्षेत्रमा हड्ताल गर्न निषेध

नेपालब्रिटेन संवाददाता
२७ जेष्ठ २०८३, बुधबार १२:३२

काठमाडौँ । सरकारले इन्टरनेट सेवासहित २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ ।

जेठ २५ मा राजपत्रमा सूचना प्रकाशित गरी आवश्यक सेवामा हड्ताल निषेध गरिएको हो । आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी हड्ताल निषेध गरिएको सूचनामा उल्लेख छ।

सरकारले डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ। त्यस्तै, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ, अस्पताल, औषधी, फोहोर मैला, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानीलगायतका क्षेत्रमा हड्ताल गर्न नपाइने जनाएको छ।

धेरै पढिएको