काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आगामी नेतृत्व चयन प्रक्रियामा महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
हाल झा पार्टीभित्र कुनै पनि लाभको पदमा छैनन् । उनी रास्वपाका प्रवक्ताका रूपमा सक्रिय छन् । आइतबारदेखि सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्रको तयारी भइरहेको छ ।