२३ असार २०८३, मंगलवार
Follow Us

एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२३ असार २०८३, मंगलवार ०५:०८

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा सार्वजनिक गरेको हो ।

पूरक परीक्षा असार १ देखि ७ गतेसम्म सञ्चालन भएको थियो । पूरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए ।

तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् । यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ ।

धेरै पढिएको