२३ असार २०८३, मंगलवार
Follow Us

सुकुम्बासीको आँशुले हामीलाई पोल्छ: रास्वपा सांसद् क्रान्तिशिखा धिताल

नेपालब्रिटेन संवाददाता
२३ असार २०८३, मंगलवार ०९:०७

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीमाथि सरकारले गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले सुकुम्बासी व्यवस्थापनमा सरकारको कमजोरी र असक्षमता उजागर भएको बताएकी हुन् ।

सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले गरेका काम रास्वपाको चुनावी बाचापत्रसँग मेल नखाने भन्दै उनले संवेदनशीलता, योजना र जिम्मेवारीका साथ उक्त कार्य गरिनुपर्नेमा त्यो नभएको उल्लेख गरिन् । सडकमा बगिरहेका सुकुम्बासीका आँसुले आफूहरुलाई पोल्नुपर्ने उनको भनाइ थियो ।

‘आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो’, उनले लेखेकी छन्, ‘तर के यो हाम्रो बाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपर्थ्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्‍यो ।’

धेरै पढिएको