२६ असार २०८३, शुक्रबार
Follow Us

गणेश नेपालीको अवस्था गम्भीर र अस्थिर छ : वीर अस्पताल

नेपालब्रिटेन संवाददाता
२६ असार २०८३, शुक्रबार ०५:५०

काठमाडौं । आफ्नै शरीरमा आगो लगाएर घाइते भएका राइड सेयरिङ चालक गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर र अस्थिर रहेको वीर अस्पतालले जनाएको छ ।

शुक्रबार नेपालीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ति नै जारी गरेर उपचारमा संलग्न चिकित्सकले उनलाई भेन्टिलेटरमा राखिएको र कुनै पनि समय अवस्था बिग्रिन सक्ने जनाएका हुन् ।

डाक्टरहरूका अनुसार नेपालीलाई ५५ प्रतिशत गम्भीर रूपमा जलेको अत्यन्तै जटिल अवस्थामा वीर अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो।

भर्ना भएकै समयदेखि उनलाई मेकानिकल भेन्टिलेटरमा राखी प्लाष्टिक सर्जरी, एनेस्थेसिया, र क्रिटिकल केयर मेडिसिनका वरिष्ठ विशेषज्ञ चिकित्सकहरू, नर्सिङ विधाका दक्ष स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार उनको जीवन रक्षाका लागि २४ सै घण्टा निरन्तर जुटिरहेको बताइएको छ ।

धेरै पढिएको