२६ असार २०८३, शुक्रबार
Follow Us

अन्तरिम प्रधानमन्त्री सुशीला कार्की लन्डन प्रस्थान

नेपालब्रिटेन संवाददाता
२६ असार २०८३, शुक्रबार ०७:४६

काठमाडौं । पूर्व प्रधानन्यायाधीश तथा भदौ २३-२४ को जेनजी आन्दोलनपछि फागुन २१ गते चुनाव गराउन गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आज दिल्ली हुँदै लन्डन प्रस्थान गरेकी छन् ।

एयर इण्डियाको उडान नम्बर Ai 216 बाट दिल्ली उडेकी कार्कीसँग श्रीमान दुर्गाप्रसाद सुवेदी पनि साथमै छन् । बिहान ८:१० बजे प्रस्थान गरेको जहाज दिल्ली पुगिसकेको छ भने भोलि बिहान अर्थात् शनिबार हिथ्रो विमानस्थलमा अवतरण गर्नेछ । त्यतैबाट छोरा प्रशान्त सुवेदी अनि नातीसँग केही महिना बिताउन बेलायत प्रस्थान गरेकाे बुझिएको छ ।

धेरै पढिएको