काठमाडौं । कलाकार मिलन नाथ र मेनुका सोनिको अभिनय रहेको नयाँ देउडा गीत ‘बोली राम्रो सुस्त’ सार्वजनिक भएको छ ।
सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई समेट्ने प्रयास गरिएको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक सुनिल नेपाली र गायिका मेनुका सोनिको स्वर रहेको छ। गीतको लय सुनिल नेपालीले तयार गरेका हुन् भने शब्द हिक्मत शाही क्षितिजको रहेको छ ।
गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन्। रेकर्डिङ ‘द म्युजिक एरा ‘The Music Era’ स्टुडियोमा गरिएको हो ।
भिडियोमा मिलन नाथ र मेनुका सोनिको अभिनय रहेको छ । मौलिक देउडा शैलीमा तयार गरिएको गीतले प्रेम, आत्मीयता र गाउँघरको जीवनशैलीलाई प्रस्तुत गर्ने प्रयास गरेको छ ।
पछिल्लो समय नेपाली लोक तथा देउडा गीतप्रति दर्शक-श्रोताको आकर्षण बढिरहेका बेला ‘बोली राम्रो सुस्त’ पनि मौलिक संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको निर्माण टोलीले जनाएको छ। गीतको भिडियो युट्युबमार्फत हेर्न सकिन्छ ।