२७ असार २०८३, शनिबार
Follow Us

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

नेपालब्रिटेन संवाददाता
२७ असार २०८३, शनिबार ११:१९

काठमाडौं । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ। सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो।

‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ। 

प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण टिमले इन्टरनेसनल राइट्स बिक्री सुरु गरेको हो। सिनेमाको हाइप बढेसँगै ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए।

नेपालमा साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र त्यसको एक हप्तापछि अर्थात् साउन ८ गते (जुलाई २४) बाट अमेरिकाका विभिन्न प्रमुख शहरहरूमा एकसाथ प्रदर्शन हुनेछ।

यो चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ। चलचित्रको ट्रेलर रिलिजपछि दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्।

धेरै पढिएको