३१ असार २०८३, बुधबार
Follow Us

लण्डनस्थित हन्स्लोमा भजन–कीर्तन तथा सत्सङ्गको आयोजना हुने

नेपालब्रिटेन संवाददाता
३१ असार २०८३, बुधबार २२:४९

लण्डन । नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा हन्स्लोस्थित काठमाण्डौ जोनमा बृहत् भजन–कीर्तन तथा सत्सङ्ग कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली कल्चर सेन्टर यूकेका संरक्षक निलहरी घिमिरेका अनुसार आगामी आइतबार दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा बेलायतस्थित नेपाली समुदायलाई सहभागी हुन आमन्त्रण गरिएको छ।

वेस्ट लण्डन क्षेत्रमा बृहत् कल्चर सेन्टर स्थापना गर्ने उद्देश्यले गत वर्ष स्थापना भएको नेपाली कल्चर सेन्टरले हरेक महिना विभिन्न स्थानमा भजन–कीर्तन तथा सत्सङ्ग आयोजना गर्दै आएको जनाएको छ। कार्यक्रममा वरिष्ठ लोकगायक चन्द्र शर्मा तथा भजन गायिका निरुशा भट्टराईको विशेष प्रस्तुति रहनेछ।

बेलायतस्थित नेपाली समुदाय तथा बेलायती जनताबीच सद्भाव र भाइचाराको भावना सुदृढ गर्दै साउथ वेस्ट लण्डनमा विभिन्न जातजाति, भाषा, भाषी तथा भेषभूषाका मानिसहरूको बसोबास रहेको छ।

उनीहरूको आ–आफ्नै धर्म, संस्कृति र मूल्य–मान्यताअनुसार चाडपर्वहरू मनाउने परम्परा छ। ती सबै धार्मिक तथा सांस्कृतिक मान्यताहरूलाई एउटै चौतारीमा समेट्ने उद्देश्यले नेपाली कल्चर सेन्टर यूकेको स्थापना २२ अक्टोबर २०२५ (घटस्थापना) को अवसरमा गरिएको हो।

धेरै पढिएको