२ श्रावण २०८३, शनिबार
Follow Us

सन् १९६६ को विश्वकप पछि पहिलो पटक इंल्याण्डलाई ठूलो सफलता, फ्रान्सलाई हराउँदै तेस्रो

नेपालब्रिटेन संवाददाता
२ श्रावण २०८३, शनिबार २३:२७

काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल ग-यो । १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।

त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्कायो । ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए ।

ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो । पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए ।

धेरै पढिएको