३ श्रावण २०८३, आईतवार
Follow Us

बाराणसीमा प्रियंका चोपडाको ‘फर्स्ट लुक’ सार्वजनिक

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०८३, आईतवार ०५:५४

मुम्बई । अन्ततः एसएस राजामौलीको चलचित्र ‘वाराणसी’ मा प्रियंका चोपडाको पहिलो झलक सार्वजनिक भएको छ।

चलचित्र निर्माताहरूले अभिनेत्रीको जन्मदिनको अवसर पारेर प्रशंसकहरूलाई यो उपहार प्रदान गरेका हुन्। उनीहरूले ‘मन्दाकिनी’ को भूमिकामा प्रियंकाको झलक सार्वजनिक गरेर उनका प्रशंसकहरूलाई खुसी बनाएका छन्। यस रूपमा उनी निकै निडर र रहस्यमयी देखिएकी छिन्, उनको पात्रमा विभिन्न आयामहरू हुनेछन्, जसले ‘वाराणसी’ को कथामा नयाँ मोडहरू ल्याउनेछन्।

‘वाराणसी’ को रिलिजको लामो समयदेखि व्यग्रतापूर्वक प्रतीक्षा भइरहेको छ। यो चलचित्र सन् २०२७ मा प्रदर्शनमा आउने भए पनि यसबीचमा आउने हरेक सानो जानकारी वा अपडेटका लागि प्रशंसकहरू माझ उत्सुकता बढ्दो छ। हालै ‘राम’ को भूमिकामा रहेका महेश बाबुको एउटा ‘लिक’ भएको तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पायो भने अब ‘वाराणसी’ बाट प्रियंकाको आधिकारिक ‘फर्स्ट लुक’ सार्वजनिक भएको छ।

प्रियंका चोपडाको ४४औँ जन्मदिनको अवसरमा, चलचित्र  ‘वाराणसी’ का निर्माताहरूले उक्त चलचित्रमा ‘मन्दाकिनी’ को रूपमा उनको लुक्स सार्वजनिक गरेका छन्। उनीहरूले अनि भने, ‘यी हुन् हाम्री मन्दाकिनी। जन्मदिनको शुभकामना, प्रियंका चोपडा’ भन्ने क्याप्सनसहित दुईवटा पोस्टरहरू सार्वजनिक गरेका छन ।

प्रियंकालाई ‘मन्दाकिनी’को रूपमा देखेपछि एक प्रशंसकले लेखे, ‘रानी सधैं रानी नै रहन्छिन्।’ अर्का एकले टिप्पणी गरे, ‘विश्व स्तरीय सुपरस्टार’ लेखेका छन भने एकजनाले भने, ‘कृपया रुद्र र कुम्भको रूप पनि सार्वजनिक गर्नुहोस्।’

‘वाराणसी’  को कथावस्तुबारे अहिलेसम्म जानकारी नभए पनि प्राप्त विवरणहरूका अनुसार यो चलचित्र ‘टाइम ट्राभल’को अवधारणामा आधारित हुनेछ। यस चलचित्रमा महेश बाबु र पृथ्वीराज सुकुमारनको अभिनय रहनेछ  । महेश बाबुले ‘रुद्र’ को भूमिका निभाएका छन्, जो असीमित अलौकिक शक्ति भएकी एक ब्रह्माण्डीय सत्ताको खोजीमा निस्कन्छन् तर अन्ततः उक्त अभियानको पछाडि लुकेको एउटा गहिरो षड्यन्त्रको पर्दाफास गर्छन्।

‘वाराणसी’ को बजेट १,२०० देखि १,४०० करोड रुपैयाँको बीचमा रहेको बताइएको छ, जसले यसलाई भारतीय चलचित्रको इतिहासमै सबैभन्दा महँगो चलचित्रहरूमध्ये एक बनाएको छ। एसएस राजामौली स्वयंले यस चलचित्रका सानाभन्दा साना पक्षहरूको पनि निगरानी गरिरहेका छन ।

केही महिना अघि चलचित्रको टिजर सार्वजनिक हुनुभन्दा पहिले उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई सुटिङ सेटको अवलोकनका लागि आमन्त्रण गरेका थिए । त्यतिबेला नै राजामौलीले ‘वाराणसी’ का लागि तयार पारिएको भव्य सेटको झलक देखाएका थिए, स्टुडियोभित्रै मन्दिर र फराकिला घाटहरूसहितको सम्पूर्ण वाराणसी सहरको निर्माण गरिएको थियो।

धेरै पढिएको