६ श्रावण २०८३, बुधबार
Follow Us

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८३, बुधबार ०३:४५

काठमाडौँ । बझाङको मष्टा गाउँपालिकास्थित कोटदेवलमा केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बुधवार ४ बजेर ४१ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो।

धक्काका कारण मानिसहरू घरबाहिर निस्किएका थिए । भूकम्पबाट क्षति भयो भन्ने जानकारी हाल सम्म कतैबाट नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

धेरै पढिएको