काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिस २०२६ मा नेपालले पहिलो जीत हासिलका लागि मैदानमा उत्रदैँछ । इस्लामावादमा जारी काभा च्याम्पियनसिपमा लगातार दोस्रो पराजय भोथेको नेपालले आज घरेलु टोली पाकिस्तानसँग खेल्दैँछ । सो खेल नेपाली समयअनुसार बेलुका ५ः४५ बजे हुनेछ ।
पछिल्ला दुई खेलमा पराजित नेपाली टोली लियाकत व्यायामशाला, इस्लामवादमा पहिलो जितको लक्ष्यमा रहने छ । यसअघिका खेलमा नेपाल क्रमशः काजकिस्तान र श्रीलंकासँग समान ३-२ सेटको नतिजामा पराजित भएको थियो ।
सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । शीर्ष चारमा अटाउन नसक्ने टोलीले पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
सेमिफाइनल सम्भावनालाई कायमै राख्न नेपाललाई शुक्रबार जितको विकल्प छैन । पाकिस्तानपछि नेपालले आइतबर बंगलादेश र सोमबार पहिलो चरणको अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्नेछ ।