९ श्रावण २०८३, शनिबार
Follow Us

इलियट एन्डरसन म्यानचेस्टर सिटीमा आबद्ध

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८३, शनिबार ०७:३९

लन्डन । म्यानचेस्टर सिटीका लागि ११ करोड ६० लाख पाउन्डको सम्झौतासँगै  इलियट एन्डरसन आबद्द भएका छन ।

म्यानचेस्टर सिटीले पाँच वर्षे सम्झौतामा उनको आगमनको पुष्टि गरे पछि इलियट एन्डरसनले आफू यो सरुवा प्रक्रिया सफल बनाउन दृढ रहेको बताएका छन्। नटिङ्घम फरेस्टबाट आएका २३ वर्षीय मिडफिल्डरले सन् २०३१ को जुन महिनासम्म चल्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।

विश्वकपमा इङ्गल्याण्डका लागि खेल्दै गर्दा सुरुमा सहमति भएको यो सम्झौताले एन्डरसनलाई बेलायती इतिहासकै सबैभन्दा महँगो खेलाडी बनाउने स्थितिमा पुर्‍याएको थियो तर पछि एस्टन भिल्लाबाट चेल्सीमा भएको मोर्गन रोजर्सको ११ करोड ७० लाख पाउण्डको सरुवाले यसलाई पछाडि पारिदियो।

‘जब मलाई थाहा भयो कि सिटीले मलाई चाहन्छ, म यो सरुवा प्रक्रिया सफल बनाउन पूर्ण रूपमा दृढ भएँ,’ एन्डरसनले भने, ‘तपाईं आफूलाई उच्च स्तरमा परीक्षण गर्न चाहनुहुन्छ। सिटीमा हुनुको अर्थ मलाई त्यो अवसर प्राप्त हुनु हो।’

सन् २०२४ मा न्युक्यासल युनाइटेडबाट फरेस्टमा आबद्ध भएपछि एन्डरसन टोलीका एक अपरिहार्य खेलाडी बनेका थिए, सोही सिजन क्लब प्रिमियर लिगमा सातौं स्थानमा रहँदै ३० वर्षयता पहिलो पटक युरोपेली प्रतियोगिताका लागि छनोट भएको थियो।

गत सिजन एन्डरसनले फरेस्टलाई युरोपा लिगको सेमिफाइनलसम्म पुर्‍याउन मद्दत गरे भने बलमा नियन्त्रण र  आमनेसामनेको प्रतिस्पर्धा जित्ने मामिलामा प्रिमियर लिगमै शीर्ष स्थानमा रहेका थिए । उनी थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डको टोलीका पनि मुख्य खेलाडी बने र विश्वकपका हरेक खेलमा मैदान उत्रिएका थिए ।

सिटीले एन्डरसनका लागि क्लबको कीर्तिमानी रकम तिर्न सहमति जनायो, जुन सन् २०२१ मा ज्याक ग्रिलिसका लागि खर्च गरिएको १० करोड पाउन्ड, भन्दा बढी हो, र यस क्रममा म्यानचेस्टर युनाइटेडको प्रतिस्पर्धालाई पनि पछि पारेको छ ।

धेरै पढिएको