९ श्रावण २०८३, शनिबार
Follow Us

कर्णालीका मुख्यमन्त्री कडेँलले दिए पदवाट राजिनामा

नेपालब्रिटेन संवाददाता
९ श्रावण २०८३, शनिबार १४:३५

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो पदवाट राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराए पछि उनी राजनीतिक रूपमा संकटमा परेका थिए । 

नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्री कडेँलको राजीनामा आएको हो ।

ततकालिन सत्ता सहयोगी नेपाली कांग्रेसको समर्थनमा कडेँल एमालेवाट मुख्यमन्त्री रहेका थिए ।
 

धेरै पढिएको