काठमाडौँ । स्मार्ट टेलिकमको सम्पत्ति लिलामीसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी उपेन्द्र महतोसँग सोधपुछ गरेको छ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले केही विषयमा जानकारी लिन आवश्यक परेकाले महतोलाई कार्यालयमा बोलाएर बयान तथा सोधपुछ गरिएको पुष्टि गरेका छन्।
सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरिएको तथा त्यसबाट सरकारलाई हानि–नोक्सानी पुगेको आशंकामा अनुसन्धान अघि बढाइरहेको छ।
उक्त प्रकरणमा तथ्य संकलन र आवश्यक विवरणका लागि सम्बन्धित व्यक्तिसँग सोधपुछ गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ।