१५ श्रावण २०८३, शुक्रबार
Follow Us

ब्रड पिक हिमपहिरोपछि बेपत्ता निर्मल पुर्जाको ट्र्याकिङमा अझै ‘मुभमेन्ट’ देखियो

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८३, शुक्रबार ०१:१८

पाकिस्तानको काराकोरम क्षेत्रमा रहेको ब्रड पिक हिमालमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जाको ट्र्याकिङ उपकरणमा अझै गतिविधि देखिएको जानकारी प्राप्त भएको छ। उनका व्यावसायिक साझेदार मिङ्मा ग्याबु शेर्पाका अनुसार हिमपहिरोपछि सुरुमा लोकेसन तल सरेको देखिए पनि पछि पुनः स्थान परिवर्तन भएको संकेत देखिएको छ।

घटनाबारे विस्तृत जानकारी ढिलै प्राप्त भएको र हाल बेसक्याम्पबाट प्रारम्भिक खोजी कार्य सुरु भइसकेको बताइएको छ। स्थलमार्गबाट टोली पठाइएको छ भने मौसम सुधार भएपछि हेलिकप्टरमार्फत उद्धारको तयारी भइरहेको छ। उक्त क्षेत्रमा विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका आरोहीहरू सहभागी रहेको र सम्पर्कविहीन हुनेहरू विभिन्न टोलीका सदस्य रहेको जनाइएको छ।

धेरै पढिएको