१५ श्रावण २०८३, शुक्रबार
Follow Us

राहदानी विभागमा सेवाग्राहीको चाप

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८३, शुक्रबार ०४:२१

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ । ईपीएसअन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको कार्यालयले जनाएको छ ।

राहदानी लिनका लागि लामबद्ध हुनेहरूको बाक्लो उपस्थिति रहेको छ । सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दै विभागले आगामी सोमवारसम्म राहदानी आवेदन फाराम खुला राख्ने निर्णय गरेको छ ।

यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबारसमेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ । घर–घरमा राहदानी पुर्‍याउने नारासहित अघि बढेको सरकार राहदानी विभागमा पुगेर लामबद्ध भएका नागरिकहरूलाई पनि समयमै राहदानी दिन नसकेको भन्दै नागरिकहरूले विरोध गरिरहेका छन् ।

धेरै पढिएको