काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा परेको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुँदैछ ।
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले दिइएको आदेश बिरूद्द निवर्तमान सभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुन लागेको हो । देउवाले दिएको पुनरावलोकन निवेदनमा आज पूर्ण इजलासमा सुनुवाई हुनेछ ।
देउवाको पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ । पूर्ण इजलाशमा भएको सुनवाइ पछि सम्भवतः आजै निर्णय आउन सक्ने अनुमान गरिएको छ ।