२२ श्रावण २०८३, शुक्रबार
Follow Us

रियल होइन, बार्सिलोना रोज्दै रोड्री

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०८३, शुक्रबार ०८:३४

स्पेनिस स्टार रोड्री म्यानचेस्टर सिटी छाडेर स्वदेश फर्किने तयारीमा रहे पनि रियल मड्रिड जाने पक्षमा नरहेको बताइएको छ ।

उनी बार्सिलोनाबाट आउने प्रस्तावप्रति भने सकारात्मक रहेको स्रोतले उद्धृत गरेको छ । रोड्रीले बार्सिलोनालाई म्यानचेस्टर सिटीसँग आफ्नो सम्भावित स्थानान्तरणबारे वार्ता अघि बढाउन अनुमति दिएका छन् । यससँगै बार्सिलोना उनलाई भित्र्याउने दौडमा छ ।

रियल मड्रिडले पनि गत महिनादेखि रोड्रीका प्रतिनिधिसँग छलफल गर्दै आएको थियो । तर, वार्तामा अपेक्षित प्रगति नभएपछि रोड्रीको प्राथमिकता बार्सिलोनातर्फ देखिएको हो ।

रोड्री बार्सिलोनाको खेलशैलीबाट प्रभावित रहेको र प्रशिक्षक हान्सी फ्लिकसँग समेत कुराकानी गरिसकेको बताइएको छ। फ्लिकले आफ्नो योजनामा रोड्रीको भूमिका र उनलाई कसरी प्रयोग गर्ने भन्नेबारे समेत जानकारी गराएका छन् । अर्कोतर्फ, रोड्री रियल मड्रिड जान इच्छुक नरहेको स्रोतको दाबी छ ।

रियलका प्रशिक्षक जोसे माउरिन्हो सुरुदेखि नै उनको अनुबन्धमा पूर्ण रूपमा विश्वस्त नरहेको रोड्रीको पक्षले महसुस गरेको बताइएको छ ।

यद्यपि, रियल मड्रिडले रोड्रीलाई अनुबन्ध गर्ने सम्भावना पूर्ण रूपमा त्यागेको छैन । क्लबले सम्झौता आफ्नो पक्षमा पार्न अन्तिम प्रयास गर्ने तयारी गरेको छ ।

धेरै पढिएको