२ भाद्र २०८३, मंगलवार
Follow Us

पुनः पक्राउको आशंकामा पत्रकार किशोर श्रेष्ठ उच्च अदालत पुगे

नेपालब्रिटेन संवाददाता
२ भाद्र २०८३, मंगलवार ११:३६

काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्न सक्ने आशंका जनाउँदै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्।

अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार श्रेष्ठ मंगलबार दिउँसो अदालत पुगेका हुन्। उनको निवेदन दर्ताको प्रक्रिया जारी रहेको कोइरालाले जानकारी दिए।

उपसभामुख रुवी ठाकुरले ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा आफूलाई पक्राउ गर्न सक्ने आशंका जनाउँदै श्रेष्ठले अदालतमा निषेधाज्ञाको निवेदन दिएका हुन्।

उनले आफूमाथि धरपकड नगर्न/नगराउन तथा आफ्ना उपकरण बरामद नगर्न/नगराउन आदेश जारी गर्न माग गरेका छन्। श्रेष्ठ सर्वोच्च अदालतको परमादेशपछि सोमबार मात्रै रिहा भएका थिए।

धेरै पढिएको