अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल कुनैपनि किसिमको संवाद वा वार्ता भइरहेको वा तय भएको कुरालाई अस्वीकार गरेका छन् । मंगलवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इस्लामिक गणतन्त्र इरानसँग वार्ताको कुनै तालिका नरहेको स्पष्ट पारेका हुन् ।
उनले हाल नौसैनिक नाकाबन्दी पूर्णरूपमा प्रभावकारी रहेको र रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य खुला भई सञ्चालनमा रहेको बताए । यसैगरी, ट्रम्पले समुन्द्री मार्गमा बिछ्याइएका सबै जलसुरुङहरू हटाइसकिएको वा निष्क्रिय पारिसकिएको समेत उल्लेख गरेका छन् ।
एजेन्सी