काठमाडौं । रसुवामा तिब्बततर्फबाट ठूलो बाढी भोटेकोशी नदीमा प्रवेश गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार नदीमा पानीको बहाव उच्च रहेको छ।
बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन भएर बग्ने त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। अर्को सूचना जारी नभएसम्म त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बाढीले पारेको क्षतिको विवरण आउन बाँकी छ ।