१० भाद्र २०८३, बुधबार
Follow Us

भोटेकोशी बाढी: त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार ०५:५२

नुवाकोट । रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले त्रिशूली बजार आसपासका करिब ६० घरका साथै नदीमा रहेका दुई वटा पक्की पुल बगाएको छ।

बाढीको पूर्व सूचना समयमै प्राप्त भएकाले त्रिशूली नदी आसपासका स्थानीय बासिन्दाहरू बेलैमा सुरक्षित स्थानमा सरेका थिए। जसका कारण हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

बाढीले भौतिक संरचनामा भने व्यापक क्षति पुर्‍याएको छ। जलविद्युत् क्षेत्रमा ठूलो आघात पुग्ने गरी बाढीले त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। यसै गरी २५ मेगावाट क्षमताको सौर्य (सोलार) प्लान्टका तीन वटा ब्लक र सब स्टेसनसमेत बाढीले बगाएको छ।

प्रशासनका अनुसार बाढीले पुर्‍याएको कुल क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।

धेरै पढिएको